प्रतिवादी रामचन्द्र अधिकारीसमेत संलग्न घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा भएको बेरीतको आदेश बदर गरी प्रतिवादीहरुलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन सम्मानित सर्वोच्च अदालतमा निवेदन गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०८२।१०।११ गते।
---------------------------------------------
 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व मन्त्री रन्जिता श्रेष्ठसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा संलग्न मध्येका प्रतिवादी रामचन्द्र अधिकारीलाई बिगो रु.५३,००,०००।– र प्रतिवादी तुल्सीराम बुढा मगरलाई बिगो रु.७८,००,०००।–  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम घुस/रिसवत जफत हुन मागदावी लिई बिशेष अदालतमा मिति २०८२/०६/२२ मा आरोपपत्र (मुद्दा नं.०८२-CR-००१५) दायर गरिएको प्रस्तुत मुद्दामा विशेष अदालत काठमाण्डौबाट प्रतिवादीहरु मध्येका रामचन्द्र अधिकारीलाई जम्मा रु.५,००,०००।- र प्रतिवादी तुल्सीराम बुढा मगरलाई जम्मा रु.५,००,०००।– धरौटी लिई मुद्दाको पुर्पक्ष गर्नेगरी २०८२।०८।०७ र २०८२।०८।१४ गते थुनछेक आदेश भएकोमा उक्त आदेशहरु बेरीतको देखिंदा प्रतिवादीहरु रामचन्द्र अधिकारी र तुल्सीराम बुढा मगरलाई विशेष अदालत ऐन, २०५९ को दफा ७ को देहाय (ङ) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गतको दफा ७३ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १५ बमोजिम सम्मानित सर्वोच्च अदालत समक्ष मिति २०८२/१०/०९ मा निवेदनपत्र दर्ता गरिएको छ ।
 
प्रवक्ता
सुरेश न्यौपाने
 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति निवेदनको बिबरण निवेदनको बिबरण
  

Other Press Release

प्रतिवादी रघुनाथ घिमिरेसमेत रहेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/04/29
प्रतिवादी भावना श्रेष्ठसमेत रहेको घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/04/29
प्रतिवादी राम बहादुर बुढासमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/04/24