जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका स्थित भवन तथा बस्ती बिकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ल रु.१,५०,०००।–घुस/रिसवतसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८२।१०।१५ गते ।
----------------------------------------------------
जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका स्थित भवन तथा बस्ती बिकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्लले ऐ. नगरपालिका वडा नं. ७ मा रहेको जनता माध्यामिक बिद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग रु.१,५०,०००।–घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगंजबाट खटिई गएको टोलीले निज इन्जिनियर मोहन देव मल्ललाई सेवाग्राहीबाट रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती बिकास शाखाबाट मिति २०८२।१०।१५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेस बिज्ञप्ति
प्रेस बिज्ञप्ति
Tweet