जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस/रिसवत रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८३।०२।०९ गते ।
----------------------------------------------------


जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले सडक ढलान योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई सेवाग्राहीबाट रू.७२,०००।– (बहत्तर हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको रु. ८३,१४५।– (त्रियासी हजार एक सय पैतालीस रुपैयाँ) तथा ल्यापटप थान- १, मोवाइल थान-२ र अन्य सरकारी कागजातसहित जिल्ला महोत्तरी गौशाला नगरपालिका वडा नं. ५ निगौलस्थित सम्सी-गौशाला सडक खण्डको गौशालातर्फ जादै गरेको निज सवार सरकारी नम्बर प्लेटको सवारी साधनबाट मिति २०८३।०२।०८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

सहायक प्रवक्ता
   गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति