प्रतिवादी शशीकान्त झासमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८२।१२।१९ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत स्व. शशीकान्त झा समेतका प्रतिवादीहरू उपर जिल्ला झापा, साबिक दमक नगरपालिका अन्तर्गत रहेको सरकारी सार्वजनिक जग्गा हालसाविक जग्गादर्ता प्रक्रियाबाट व्यक्ति विशेषको नाममा दर्ता गरी भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुरमा बिगो रू.३०,०२,७१,९२६।६५ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको र प्रतिवादी शशीकान्त झाको हकमा निजको मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रबाट देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ को उपदफा (२), सोही संहिताको दफा १५८ को उपदफा (२), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९क. र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ बमोजिम मृत्यु भएको प्रतिवादीको हकमा समेत मुद्दा चलाउन र सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले नेपाल सरकारलाई हानी पुर्याएको बिगो निजको श्रीमती अनार देवी झासमेतबाट असुल उपर गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी बनाई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।०४।२८ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८२।१२।१९ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति
प्रेश बिज्ञप्ति
पुनरावेदन आरोपपत्र
पुनरावेदन आरोपपत्र
Tweet