प्रतिवादी ध्रुर्व प्रसाद सापकोटा रहेको घुस/रिसवत दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।१२।२० गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तत्काल जिल्ला अछाम, मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हाल जिल्ला नुवाकोट किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व भन्ने ध्रुर्व प्रसाद सापकोटा उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) ले परिभाषा एवं निषेध गरे बमोजिम प्रतिवादीले आफू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरमा अनुसन्धानमा रहेको उजुरीको कारवाहीबाट उन्मुक्ति पाउन अनुसन्धान अधिकृतलाई मनाउने र मुद्दा रापसाप पार्ने उद्देश्यले घुस/रिसवत रकम दिएको देखिंदा सोही ऐनको दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा बिगो रु.१,००,०००।– कायम गरी सोही ऐनको दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी बिगो रकम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।०१।०४ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८२।१२।२० गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
 
प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी दुर्गबहादुर ओलीसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/12
प्रतिवादी ब्रहमदेव यादवसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/12
प्रतिवादी नइन्द्र कुमार पौडेलसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/11
प्रतिवादी चितरंजन दाससमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/06/11