वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंको अनुसन्धान तथा मुद्धा शाखामा कार्यरत नायब सुब्बा हेम बहादुर मस्राङगी घुस/रिसवत र स्रोत नखुलेको रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८२।१२।२७ गते ।
----------------------------------------------------
वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेम बहादुर मस्राङगीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरी दुःख हैरानी दिएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्बा हेम बहादुर मस्राङगीलाई सेवाग्राहीसँग रू.१५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको रकम रू. ७७,६००।– (सतहत्तर हजार छ सय रुपैयाँ) समेत गरी जम्मा रू. ९२,६००।– (बयानब्बे हजार छ सय रुपैयाँ) एवं मोबाइल थान- ३ सहित निज कार्यरत कार्यालय परिसरबाट आज मिति २०८२।१२।२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet
Other Press Release
|
जिल्ला महोत्तरी, सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस/रिसवत रकमसहित नियन्त्रणमा।
2026/05/23 |