राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/०८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस।
प्रेस विज्ञप्ति :- मिति २०८३।०१।३० गते।
------------------------------------------
राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/०८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन मिति २०८३/०१/३० गते आयोगमा आयोजित एक कार्यक्रमका बिच केन्द्रका सचिवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त समक्ष पेस गर्नुभयो। सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) बमोजिम सार्वजनिक पद धारण गरेको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र कानुनबमोजिम आफ्नो सम्पतिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण पेस गर्नुपर्ने व्यवस्था रहेको र तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(३) बमोजिम कारबाही गर्ने व्यवस्था रहेको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
Tweet