वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत इन्जिनियर (कम्प्युटर) राकेश कुमार दास उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०४।१५ गते।
------------------------------------------

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको इन्जिनियर (कम्प्युटर) पदमा कार्यरत राकेश कुमार दासको शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्कली रहेको भन्नेसमेत बेहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज राकेश कुमार दासले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिँदाका बखत भारतको Bihar School Examination Board, Patna बाट Intermediate तह र Sri Venkateshwara University, Tirupati India को Degree Of Bachelor Of Engineering (Computer Science) को झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको देखिएकोले निज राकेश कुमार दासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (१६) को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 
प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/14
काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसमेत ४ जना उपर सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा आरोपपत्र दायर।
2026/09/11
धनौजी गाउँपालिका धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत १० जना, अमृत मिडिया प्राइभेट लिमिटेड, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., साइन कन्ट्रक्सन धनुषा र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/10
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद के.सी.उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/09