सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०४।१८ गते।
------------------------------------------
जिल्ला सिरहा, सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवले उद्योगको लागि ल्याएको काठहरू सिलबन्दी अनुसार भए/नभएको रूजु गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज कार्यालय प्रमुख राम केवल राय यादवलाई सेवाग्राहीबाट रू.१२,०००।– (बाह्र हजार रूपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल रायले आफ्नो ओहोदा सम्बन्धी कामकाज गर्ने क्रममा काष्ठ उद्योगमा काठ लिई आएका ट्रकहरूको शिल खोलेको मुचुल्का गरिदिए बापत विभिन्न बहाना बनाई दु:ख हैरानी दिई बार्गेनिङ्ग गरी सेवाग्राहीसँग घुस/रिसवत बापत रकम रू.१२,०००।–(बाह्र हजार रूपैयाँ) माग गरी लिएको; निज प्रतिवादी राम केबल रायको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.१२,०००।-(बाह्र हजार रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
  

प्रवक्ता
सुरेश न्यौपाने

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/03
जिल्ला सुर्खेत, मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्षहरू खीम बहादुर सावद, पदम सिं सावद, हर्क बहादुर बुढासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/03
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत इन्जिनियर (कम्प्युटर) राकेश कुमार दास उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/31
शुद्धोधन गाउँपालिका, कपिलवस्तुका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) समेत २ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/30
सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी उपर बिगो रू.२,२६,१३,१२३/३६ कायम गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/29
जिल्ला धनुषा, विदेह नगरपालिका वडा नं. ५ का पूर्व वडा अध्यक्ष विजय कुमार यादव उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/28
अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजिव महतोसमेत २ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/27