प्रतिवादी डा. श्रवण कुमार मिश्रसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८३।०५।२२ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्रसमेतका प्रतिवादीहरु उपर आर्थिक वर्ष २०७९/०८० मा मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट मधेस प्रदेश स्थित ७२ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाको लागि भएका खरिद सम्झौताहरु मध्ये ठेक्का नं. Re-PPHL2/G/NCB/02/2079-80 को ठेक्कामा प्रचलित कानुन विपरीत खरिद कार्य गरी गराई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (ङ) र (ञ) बमोजिमको कसुरमा बिगो रु.६,०५,११,५००/- (छ करोड पाँच लाख एघार हजार पाँच सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन तथा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय गरी प्रतिवादी डा. श्रवण कुमार मिश्रलाई सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन समेतको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।११।१३ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०५।२४ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति
प्रेश बिज्ञप्ति
पुनरावेदन आरोपपत्र
पुनरावेदन आरोपपत्र
Tweet