प्रतिवादी पदमराज जोशीसमेत रहेको गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८३।०५।१८ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला कन्चनपुर, बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी समेतका प्रतिवादीहरू उपर बेलडाँडी गाउँपालिका, वडा नं. २ स्थित कित्ता नं. ३५७, क्षेत्रफल ४०० वर्ग मिटर जग्गामा हुँदै नभएको घर भएको भनी झुट्टा तथ्य विवरण उल्लेख गरी गलत कागजात तयार पारी पक्की भवनको नक्सा अभिलेखीकरण/घर नक्सा प्रमाणित गरी उक्त कागजातको आधारमा बैंकबाट कर्जा लिएको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।११।०४ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०५।१८ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet