ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।१९ गते।
------------------------------------------
 
जिल्ला बर्दिया, बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखर स्थित ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक पवन साउदलाई सेवाग्राहीबाट रु.३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।०८।१२ गते नियन्त्रणमा लिइएको थियो।
 
अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदले लागू औषध मुद्दामा सहजीकरण गरिदने कार्यको लागि सेवाग्राहीबाट रु.३०,०००।–  घुस/रिसवत माग गरी लिई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) मा उल्लेखित कसुर गरेको हुँदा निज पवन साउदलाई रु.३०,०००।– (तीस हजार रुपैयाँ) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) (ख) बमोजिम कैद र विगो बमोजिम जरिवानाको मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मकबुल मिया अंसारीसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/20
जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/18
जिल्ला सर्लाही, बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासमेत ८ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/14
नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/13
जिल्ला दोलखा, मेलुङ गाउँपालिका, वडा नं. १ का वडाध्यक्ष इश्वर कोईरालासमेत ३ जना उपर सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/12
जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र जिल्ला कैलाली, गोदावारी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउद उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/08
जिल्ला पर्सा, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत ४ जना र बिज्ञापन एजेन्सी के.एस.मल्टिपर्पोज प्रा.लि. वीरगंज उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/07
जिल्ला उदयपुर, त्रियुगा नगरपालिका, वडा नं. १ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिना कुमारी चौधरीसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/01/06