नापी कार्यालय, कलंकी, काठमाडौंका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८०।११।२० गते।
------------------------------------------
नापी कार्यालय, कलंकी, काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेललाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
नरहरि घिमिरे
Tweet