जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, ताप्लेजुङका (अधिकृत स्तर छैटौं) इन्जिनियर मो.अख्तर हुसैन उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०४।०८ गते।
------------------------------------------

जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, ताप्लेजुङमा (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर मो.अख्तर हुसैनलाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, ताप्लेजुङमा (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत माग गरी लिएको  पुष्टि भएको हुँदा निज मो.अख्तर हुसैनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१,००,०००।–(एक लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बाहदुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन सचिवहरु तथा ने.ना.उ.प्राधिकरणका तत्कालीन महानिर्देशकहरु त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी समेत ५५ जना र CAMC Engineering Co. Ltd. उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/07
नेपाल नागरिक उड्‍डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारीसमेत ६ जना र अभियन्त्र कन्सल्टिङ्ग प्रा.लि. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/03
कटहरिया नगरपालिका, रौतहटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसमेत ७ जना र सरिता फाउण्डेशन, काठमाडौं उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/02
नरहरिनाथ गाउँपालिका, कालिकोटका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष दल बहादुर बिश्वकर्मासमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/01