जिल्ला कास्की, दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेल उपर झुट्टा विबरण पेश गरी शिक्षक नियुक्ति लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०३।२५ गते।
------------------------------------------
 
जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. २२ पुम्दी भुम्दी, तारेभिर स्थित दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेलले सरकारी जागिर प्रयोजनका लागि दुई वटा नागरिकता प्रयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन शिक्षक बोधराज पौडेलले अस्थायी एवं स्थायी दुवै नियुक्तिको समयमा पेश गरेको शैक्षिक प्रमाणमा निजको जन्म मिति २०१३।०१।२७ उल्लेख भएकोमा निजले मिति २०४९।०८।१९ बाट तत्कालीन दुर्गा प्रा.वि. हाल कायम दुर्गा आधारभूत विद्यालयमा अस्थायी शिक्षक नियुक्ति हुँदा जन्म मिति २०१३।०१।२७ गते उल्लेख भएको नेपाली नागरिकताको प्रमाण पत्र पेश गरेको एवं शिक्षक सेवा आयोगमा दरखास्त दिई मिति २०६०।१२।२६ मा स्थायी नियुक्ति हुँदा निजले आफ्नो शैक्षिक प्रमाण पत्र अस्थायी नियुक्ति हुँदाकै पेश गरेको तर शैक्षिक प्रमाण पत्रमा उल्लेख भएको उमेर भन्दा ७ वर्ष उमेर कम रहेको जन्म मिति २०२०।०१।२७ गते उल्लेख भएको बंशजको आधारमा प्राप्त गरेको नागरिकता पेश गरी सोही अनुसारकै व्यक्तिगत विवरण भरी मिति २०८०।०१।२६ गतेसम्म प्रा.वि. तृतीय श्रेणीको स्थायी शिक्षकको रुपमा अध्यापन गरी २०७९ चैत्र मसान्तसम्मको तलव, भत्ता सहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुबिधा समेत प्राप्त गरेको र निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर भएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९(२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला अछाम, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/03/19
जिल्ला रूकुम (पश्चिम), चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीसमेत २ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/03/17
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपपत्र दायर।
2026/03/15
जिल्ला तनहुँ, देवघाट गाउँपालिकामा तत्कालीन सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा कार्यरत होम बहादुर भारती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/12
जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/10
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ११ जना उपर सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26