प्रतिवादी विनोद पुनसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०१।२३ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पूर्वाधार विकास कार्यालय, सल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन समेतका प्रतिवादीहरु उपर जिल्ला सल्यान, शारदा नगरपालिका, वडा नं. १५ स्थित सुन्दरडाँडा-थाङ्नेखोला सडक निर्माण कार्यमा सम्झौता बमोजिमको सडक हुन नसकेको, निर्मित सडकमा सवारी साधन संचालन हुन नसकेको र फिल्डमा भए गरेको कार्य लुकाई छिपाई नभए नगरेको कुरा देखाई बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई अन्तिम बील भुक्तानीको लागि गलत नापी किताब, उपभोक्ता समितिको बील तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी रु.७,१४,०४१।०९ बराबरको सार्वजनिक सम्पति हानि नोक्सानी गरेको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) तथा ऐ.ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा प्रतिवादीहरुउपर रु.७,१४,०४१।०९ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन साथै ऐ.ऐनको दफा १९ को उपदफा (२) बमोजिम समेत सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८०।११।१५ को फैसलाबाट सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०१।२३ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल 

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी राजेन्द्र प्रसाद भारीसमेत रहेको शीत भण्डार निर्माणको काममा सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/07
प्रतिवादी कौशलेन्द्र मिश्र रहेको गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/07
प्रतिवादी सूर्य प्रसाद सिलवाल रहेको नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/03
प्रतिवादी टंक बहादुर नेगीसमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/03
प्रतिवादीहरु जीवन बहादुर शाहीसमेतले आपूर्तिकर्ता कम्पनी तथा उक्त कम्पनीका पदाधिकारीहरुसमेतसँग मिलेमतो गरी वाईडबडी विमान खरिद गर्दा बदनियत राखी Price Escalation भुक्तानी दिएको र MTOW 242 tons बाट MTOW 230 tons को Certification लिंदा १२ टनको हुन आउने समानुपातिक मूल्य कम गर्नु पर्नेमा नगरी मूल्य नघटाई MTOW २४२ टनको पुरै मूल्य भुक्तानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/12/02
प्रतिवादी मोहन सिंह धामीसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/01