प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत घुस/रिसवत रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।१२।१७ गते ।
----------------------------------------------------


प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउतले बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिए वापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी दु:ख हैरानी दिएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्रहरी नायव निरीक्षक दिनेश राउतलाई सेवाग्राहीसँग  रू.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र मोबाइल थान-१ सहित जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ०५ स्थित गहनापोखरीबाट आज मिति २०८२।१२।१७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।


  प्रवक्ता
सुरेश न्यौपाने

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति