प्रतिवादी सुरेन्द्र कुमार यादवसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।१२।२२ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव समेतका प्रतिवादीहरु उपर तिलाठी कोईलाडी गाउँपालिकाको बोलपत्र आह्ववानको सूचना र आशयको सूचना पत्रिकामा प्रकाशन नगरी आपसी मिलेमतोमा आफूहरुलाई गैरकानुनी लाभ तथा गाउँपालिकालाई गैरकानुनी हानिनोक्सानी पुर्‍याउने बदनियतले एक प्रति मात्र कही कतैबाट तयार गरी गराई त्यसरी तयार गरिएको झुट्टा विवरण सहितको पत्रिका,  झुट्टा बिल तथा भरपाई लगायतको कागजातहरुको आधारमा रु.३,१६,४१०।– भुक्तानी दिई लिई भ्रष्टाचारजन्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुरमा बिगो रू.३,१६,४१०।- (तीन लाख सोह्र हजार चार सय दश रुपैयाँ मात्र) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असूल उपर हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।१०।०४ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८२।१२।२२ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी सुरेन्द्र कुमार यादवसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/04/05
प्रतिवादी ध्रुर्व प्रसाद सापकोटा रहेको घुस/रिसवत दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/04/03
प्रतिवादी शशीकान्त झासमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2026/04/02