सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राईसमेत ३ जना रु.८५,०००।- घुस/रिसवत रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।१२।२३ गते ।
----------------------------------------------------

सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब-इन्जिनियर रविन श्रेष्ठले भोजपुर जिल्लास्थित बिद्यालयको भवन निर्माण कार्यसँग सम्बन्धित अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन बिभिन्न बहाना बनाई दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा सेवाग्राहीसँग रु.८५,०००।– (पचासी हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले इन्जिनियर सुमन राईलाई ललितपुरबाट र  आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब-इन्जिनियर रविन श्रेष्ठलाई धनकुटा र भोजपुरबाट उल्लिखित घुस रकम, मोबाइल थान-३ र अन्य कागजातसहित आज मिति २०८२।१२।२३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।


  सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति