जिल्ला सप्तरीस्थित नेपाल बिद्युत प्राधिकरण कञ्चनपुर बितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास रु.१,४०,०००।- घुस/रिसवत रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।१२।२४ गते ।
----------------------------------------------------

जिल्ला सप्तरीस्थित नेपाल बिद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दासले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर महेन्द्र कुमार दासलाई सेवाग्राहीसँग रू. १,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला सप्तरी, हनुमाननगर कंकालिनी, नगरपालिका वडा नं. १ बाट मिति २०८२।१२।२३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।


  सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति