जिल्ला नुवाकोट, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई रू.१,००,०००/- घुस/रिसवतसहित नियन्त्रणमा लिई म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको।


प्रेस विज्ञप्ति:- मिति २०८३।०४।१९ गते ।
----------------------------------------------------

जिल्ला नुवाकोट, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङले भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक-पटक दु:ख हैरानी दिई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलिले निज बिरेन्द्र तामाङलाई सेवाग्राहीबाट घुस/रिसवत रू.१,००,०००।– (एक लाख रुपैयाँ) लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुबाट मिति २०८३।०४।१८ गते नियन्त्रणमा लिइएको र विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रवक्ता 
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति