जिल्ला सप्तरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दाससमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०४।२० गते।
------------------------------------------


जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ३ स्थित भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख (पशु विकाश अधिकृत/आठौँ) डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराए बापतको पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसन स्वरूप घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निजहरू डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई घुस/रिसवत बापतको रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दासले आफ्नो कार्यालय प्रमुख ओहदा एवं सोसम्बन्धी जिम्मेवारीमा रहेका बखत आफ्नो कार्यालयबाट सेवा दिनुपर्ने कृषकहरूका पशु चौपायाहरूलार्इ खोप कार्यक्रम सम्पन्न गर्न भ्याक्सिनेटरहरू नियुक्ति दिएकोमा  खोप कार्यक्रम सम्पन्न गरेपश्चात कानुन बमोजिम पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानी दिए दिन लगाए बापत निज डा. राम पवित्र दासले सवारी चालक भोगेन्द्र यादवसँगको मिलेमतो तथा योजनामा भुक्तानी रकमको कम्तीमा २० प्रतिशत रकम घुस/रिसवत चाहिने भनी बार्गेनिङ्ग गरी गराई घुस/रिसवत बुझाउनुपर्ने गरी मोलाहिजा एवं बाध्यतामा पारी निजहरू डा. राम पवित्र दास र भोगेन्द्र यादवले रू.१,३२,३५०।– (एक लाख बत्तीस हजार तीन सय पचास रूपैयाँ) घुस/रिसवत लिएको देखिएकोले निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुर भएको हुँदा निजहरूलाई बिगो रू.१,३२,३५०।– (एक लाख बत्तीस हजार तीन सय पचास रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
  

प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला सुनसरी, तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/13
जिल्ला सर्लाहीस्थित, श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/12
जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत (आठौ) मिलन कुमार भट्टराई र इन्जिनियर (छैठौ) डिल्ली राज खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/11
नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोवीसमेत ४ जना उपर गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/10
नापी कार्यालय चावहिल २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/07
आठबीसकोट नगरपालिका रूकुम पश्चिमका नगर प्रमुख रवी के.सी., पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी र ज्ञानु कुमार शर्मासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/06
जिल्ला सप्तरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दाससमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/05
गढवा गाउँपालिका, दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत ५ जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि., बुटवल, रूपन्देही उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/04
सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/03