सडक डिभिजन कार्यालय दाङ्गका तत्कालीन कार्यालय प्रमुख राम पुकार जयसवाल, जिल्ला दाङ्ग, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०५।१५ गते।
------------------------------------------
-
पूर्व पश्चिम राजमार्गको भालुवाङ्ग लमही सडक खण्डको चे.६९०+००० पाखापानी देखि चे.७१२+००० लमही खण्डमा सडक क्षेत्राधिकार भित्रका सिसौ लगायत अन्य जातका काठ/कुकाठ, ठूला, मझौला र सानासमेत गरी करिव १४०० भन्दा बढी संख्यामा रूखहरू कटानी भएको विवरण डिभिजन सडक दाङ्गबाट पेस भएको, वन जंगल तथा बोटबिरूवाको संरक्षण सम्बर्द्धन र उपयोगमा जिल्ला स्थित डिभिजन वन कार्यालयहरूले नियामक र नेतृत्वदायी दुवै भूमिका खेल्नुपर्नेमा सडक विभागको स्वामित्वमा रहेको पूर्व पश्चिम राजमार्गको सडक सीमा २५/२५ मिटर भित्रका यस्ता जोखिमयुक्त रूखहरू हटाउन विभागीय प्रक्रिया चलिरहेको साथै लुम्विनी प्रदेशको स्थायी राजधानी दाङ्ग देउखुरी राप्ती उपत्यकामा सार्न मिति तोकिएको अवस्थामा २०७९ मंसिरको अन्तिम हप्ता र पौषको पहिलो हप्तामा जिल्लास्थित वन पदाधिकारीहरूको संलग्नतामै रूखहरू कटान गरी काठहरू गायब पारी सरकारी सम्पत्तिको हिनामिना गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

धनौजी गाउँपालिका धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत १० जना, अमृत मिडिया प्राइभेट लिमिटेड, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., साइन कन्ट्रक्सन धनुषा र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/10
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद के.सी.उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/09
जिल्ला काठमाडौं, नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमित कुमार श्रेष्ठ उपर घुस/रिसवत सम्बन्धी आरोपपत्र दायर।
2026/09/07