जिल्ला डडेल्धुरा, भगवती प्राथमिक विद्यालय, पर्सेरावलका बालविकास सहजकर्ता मन्जु देवी बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०५।०८ गते।
------------------------------------------

जिल्ला डडेल्धुरा, आलिताल गाउँपालिका वडा नं. ५ स्थित श्री भगवती प्राथमिक विद्यालय, पर्सेरावलका बालविकास सहजकर्ता मन्जु देवी बोहराले बालविकास सहजकर्ता पदमा नियुक्ति हुँदा पेस गरेका शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज मन्जु देवी बोहराले उत्तर प्रदेश, माध्यमिक शिक्षा परिषद भारतबाट हाई स्कूल परीक्षा पास गरेको भनी परीक्षा-२०१० को Marks Sheet, Certificate र प्रब्रजन प्रमाणपत्र समेतका झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्रहरु बनाई बनाउन लगाई तयार गरी गराई पेस गरी जिल्ला डडेल्धुरा, आलिताल गाउँपालिका, वडा नं. ५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलमा राष्ट्रसेवक बालविकास सहजकर्ताको पदमा नियुक्ति लिई बहाल रही पारिश्रमिक भत्ता लगायतका लाभ सुविधा प्राप्त गरेको देखिंदा निज मन्जु देवी बोहराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

धनौजी गाउँपालिका धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत १० जना, अमृत मिडिया प्राइभेट लिमिटेड, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., साइन कन्ट्रक्सन धनुषा र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/10
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद के.सी.उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/09
जिल्ला काठमाडौं, नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमित कुमार श्रेष्ठ उपर घुस/रिसवत सम्बन्धी आरोपपत्र दायर।
2026/09/07