भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०५।१० गते।
------------------------------------------

भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैठौ तुलाकान्त चौधरीसमेतको मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न पश्चात सो कार्य वापतको रकम भुक्तानी गर्ने क्रममा दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई सेवाग्राहीबाट रू.७,५०,०००।- (सात लाख पचास हजार रूपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।


अनुसन्धानको सिलसिलामा भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरीसमेतको आपसी मिलेमतो तथा योजनामा १३ (तेह्र) वटा डिप बोरिङ्ग तथा मोटर जडान कार्यको लागि १३ (तेह्र) वटा छुट्टा छुट्टै उपभोक्ता समितिहरू गठन गरी गराई कागजमा देखाउने प्रयोजनको लागि मात्र तत् तत् उपभोक्ता समितिहरू गठन गरी उपभोक्ता समितिले पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया तथा तयार गर्नु गराउनु पर्ने कागजातहरू आफैंले तयार गरी गराई जल उपभोक्ता समितिको छाप र अध्यक्षको सही गरी गराई भुक्तानी दिए दिन लगाए वापत कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरीले सेवाग्राहीबाट घुस/रिसवत रकम बार्गेनिङ गरी गराई रू.७,५०,०००।–(सात लाख पचास हजार रूपैयाँ) लिएको पुष्टि भएकोले निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजहरूलाई बिगो रू.७,५०,०००।– (सात लाख पचास हजार रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/26
नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडी उपर बिगो रू.३,७१,८४,५५१/८० कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/25
जिल्ला डडेल्धुरा, भगवती प्राथमिक विद्यालय, पर्सेरावलका बालविकास सहजकर्ता मन्जु देवी बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/08/24
जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका वडा नं. १ का वडा सचिव अजय कुमार शाह उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/21
तत्कालीन जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने, आदर्श बाल माध्यमिक विद्यालय, लमजुङका शिक्षक नवराज के.सी. उपर झुट्टा विवरण दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/19
आन्तरिक राजश्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एम. एस. पालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/18
औरही नगरपालिका, महोत्तरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसमेत ११ जना र ५ वटा सप्लायर्स कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/17
जिल्ला सुनसरी, तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/13