प्रतिवादी दुर्गालाल न्यौपानेसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८३।०५।२६ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नरहरिनाथ गाउँपालिका, कालिकोटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेसमेतका प्रतिवादीहरु उपर जिल्ला कालिकोट, नरहरिनाथ गाउँपालिका वडा नं. ०७ स्थित ओगडेनी सिरुपाटा हुँदै उच्छव आडिखोलासम्म सिंचाइ कुलो निर्माण योजनामा वास्तविक भएको भन्दा बढी परिमाण भएको भनी नापी किताबमा चढाई बढी रकम भुक्तानी लिई दिई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.१९,४८,४८८।१४ (उन्नाईस लाख अठचालीस हजार चार सय अठासी रुपैंया चौध पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजायसमेत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।११।२५ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०५।२६ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet