प्रतिवादी बासुदेव अधिकारीसमेत रहेको गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८३।०५।२५ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तत्कालीन मनोहर उच्च माध्यमिक बिद्यालय हाल मनोहर माध्यमिक बिद्यालय, गंगबु, काठमाडौंका तत्कालीन प्रधानाध्यापक बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरू उपर गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।१२।०२ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०५।२५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति
प्रेश बिज्ञप्ति
पुनरावेदन आरोपपत्र
पुनरावेदन आरोपपत्र
Tweet