प्रतिवादी सावन कुमार चौधरीसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८३।०५।२४ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला महोत्तरी, बटेश्वर गाउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी समेतका प्रतिवादीहरुउपर बटेश्वर गाउँपालिका, अन्तर्गतका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ हाउस निर्माण कार्यको वोलपत्र आव्हान तथा बोलपत्र स्वीकृत आशयको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा नगरी नगराई बटेश्वर गाउँपालिकाको ठेक्का प्रयोजनार्थ अभिलेखमा राख्ने गरी एक प्रति मात्र प्रकाशित गरी गराई प्रकाशन भएको भनी झुट्टा बिल भरपाईका आधारमा भुक्तानीसमेत गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रू.६,४४,१००/- कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।११।२६ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०५।२४ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet