जनता माध्यमिक बिद्यालय, वेतहा भवानीपुर, सिरहामा मा.वि. तृतीय श्रेणीमा शिक्षकको रुपमा कार्यरत गुन्जेश्वर मण्डल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०३।२४ गते।
------------------------------------------
जिल्ला सिरहा, धनगढीमाई नगरपालिका, जनता माध्यमिक बिद्यालयका शिक्षक गुन्जेश्वर मण्डलको PCL र Bachelor तहको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली रहेकोले निजको प्रमाणपत्र छानविन गरी पाऊँ भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा श्री जनता माध्यमिक बिद्यालय, वेतहा भवानीपुर, सिरहामा मा.वि. तृतीय श्रेणीमा शिक्षकको रुपमा कार्यरत गुन्जेश्वर मण्डलले शिक्षक पेशामा नियुक्ति लिँदाका बखत भारतस्थित Bihar Intermediate Education Council, Patna बाट I.Sc. र चौधरी चरण सिंह विश्वविद्यालय मेरठबाट विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet