भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०३।२४ गते।
------------------------------------------
भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस/रिसवत वापत सेवाग्राहीबाट रू.४०,०००।– (चालीस हजार रूपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा भूमि प्रशासन कार्यालय, मनाङका नायब सुब्बा ज्ञानराज कण्डेलले जग्गा रोक्का राख्ने काम गरेवापत घुस/रिसवत बार्गेनिङ्ग गरी बिभिन्न बहाना बनाई सेवाग्राहीलार्इ दुःख हैरानी दिई घुस/रिसवत रू.४०,०००।– माग गरी लिएको पुष्टि भएकोले निज नायब सुब्बा ज्ञानराज कण्डेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रू.४०,०००।- (चालीस हजार रूपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet