नापी कार्यालय चावहिल २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०४।२२ गते।
------------------------------------------

नापी कार्यालय, चावहिल २ र ३ नं नापी टोलीका अमिन टोप जङ खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाईदिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज अमिन टोप जङ खत्रीलाई सेवाग्राहीबाट घुस/रिसवत लिइसकेको अवस्थामा घुस रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय चावहिल २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्रीले आफ्नो पद तथा ओहदा सम्बन्धी कामको सिलसिलामा जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाई दिनेसमेतका काममा सहजीकरण गरे गराएबापत सेवाग्राहीसँग घुस/रिसवत रू.१,६०,०००।- (एक लाख साठी हजार रूपैयाँ) माग गरी लिएको पुष्टि भएको देखिंदा निज टोप जङ खत्रीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रू.१,६०,०००।-(एक लाख साठी हजार रूपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिआम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

  
प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

धनौजी गाउँपालिका धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत १० जना, अमृत मिडिया प्राइभेट लिमिटेड, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., साइन कन्ट्रक्सन धनुषा र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/10
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद के.सी.उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/09
जिल्ला काठमाडौं, नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमित कुमार श्रेष्ठ उपर घुस/रिसवत सम्बन्धी आरोपपत्र दायर।
2026/09/07