तत्कालीन जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने, आदर्श बाल माध्यमिक विद्यालय, लमजुङका शिक्षक नवराज के.सी. उपर झुट्टा विवरण दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०५।०३ गते।
------------------------------------------

जिल्ला लमजुङ, सुन्दरबजार नगरपालिकास्थित आदर्श बाल माध्यमिक विद्यालयमा माध्यमिक तहमा कार्यरत शिक्षक नवराज के.सी.ले वि.सं. २०६३ मा शिक्षक सेवा आयोगबाट नेपाल सरकारको निर्णयानुसार अस्थायी विस्थापित शिक्षकलाई एकपटक आन्तरिक प्रतिष्पर्धा गर्न दिने भनी निर्णय गरे अनुसार निजले आफूखुसी माध्यमिक विद्यालय अस्थायी पदबाट राजीनामा दिई प्राथमिक विद्यालय तहको नियुक्ति लिएको व्यक्तिले जालसाजीपूर्ण ढंगबाट माध्यमिक तहमा विस्थापित शिक्षक हुँ भनी झुटा विवरण पेस गरी आन्तरिक परीक्षामा सामेल भई माध्यमिक तहमा सिफारिस भएतापनि निजको माध्यमिक तहमा प्रवेश पूर्णत: अवैधानिक भई राज्यलाई जालसाजी गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
   

प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

धनौजी गाउँपालिका धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत १० जना, अमृत मिडिया प्राइभेट लिमिटेड, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., साइन कन्ट्रक्सन धनुषा र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/10
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद के.सी.उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/09
जिल्ला काठमाडौं, नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमित कुमार श्रेष्ठ उपर घुस/रिसवत सम्बन्धी आरोपपत्र दायर।
2026/09/07